NEB Students
Nepali

NEB — CLASS 10

Nepali

Model Question

Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

Time : 3 hrsPass Marks : 27Full Marks : 75
1.

तल समूह ‘क’ मा दिइएका शब्दको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

[2]
2.

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
जमदार बा ऐना हेर्दै मुस्कुराइरहेका थिए । “बुढेसकालमा पनि कति नक्कल पार्न जानेको” भनी छोरामे बसेकी श्रीमतीले भनिन् । नकरा, हामी फ्ल्याटमा हुँदा यही ‘टोप’ लगाएर हिँड्थ्यौँ भन्दे बुढा हिँडे ।
(क) ‘दर्पण’को पर्यायवाची शब्द ………… हो ।
(ख) ‘सक्कल’ को विपरीतार्थी शब्द ………… हो ।
(ग) समूहवाची शब्द ………… हो ।
(घ) ‘तोप’ शब्दको श्रुतिसमभिन्नार्थी शब्द ………… हो ।

[2]
3.

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :
हुने बिरुवाको चिल्लो पात भने भैं प्रभा सानैदेखि मिहिनेत गरेर पढाँथन्, त्यही भएर परीक्षामा पनि राम्रो अङ्क ल्याएर उत्तीर्ण गरिन् । छोरीको प्रगतिमा उनका बुबाआमा मख्ख पर्नुभयो ।

[2]
4.

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) चिरन्जीवी (ii) चिरंजीवी (iii) चिरञ्जीवी (iv) चिरञ्जीवी
(आ) (i) अन्तराष्ट्रिय (ii) अन्तरराष्ट्रिय (iii) अन्तर्राष्ट्रिय (iv) अन्तराष्ट्रिय

(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
साँच्चै भन्नुपर्दा म प्रेममा छु, कसै सँग । आज उसँगै खाना खाएर फर्कीएकी हुँ मैले एके सासमा भनें ।

[3]
5.

दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् :
विद्यार्थीले बुझेका कुरा फटाफट सोध्ने, आफूभन्दा सानालाई माया गर्ने अनि शिक्षकप्रति सदभाव देखाउन सिक्नुपर्छ । तिमीभित्र यी गुण रहेका छन् । स्याबास ! तिमीले राष्ट्र बनाउन सक्छौं ।

[3]
6.

दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
प्रकृति प्रदत्त यस्ता वस्तुहरू नै नेपालका प्राकृतिक सम्पदा हुन् । तिने सम्पदाले नेपाललाई अत्यन्त समृद्ध मुलुकका रूपमा चिनाएका छन् । राष्ट्रिय भावनाले भरेएका यहाँका हरेक जातिका आफ्नै मौलिक परम्परा छ ।

(ख) दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
यसपालिको तिहारमा दाजुभाइलाई टीकासिका लगाउन श्रेयसी आफ्नो घर गइन् । उनले घर जाँदा घरपरिवारका सदस्यलाई भनेर मर्मसला, गर्गहना र पूजाका लागि सामग्री पनि किनिन् । उनका दिदी र बहिनी पनि रमाए । धुमधामसँग पूजापाठ गरे ।

[2]
7.

दिइएको अनुच्छेदलाई अपूर्ण वर्तमान कालमा परिवर्तन गर्नुहोस् :
तिमी बिहाने उठ्छौ । तिमी व्यायाम गर्छौ । तिमी बहिनीलाई गृहकार्य गराउँछौ । तिमीहरू रमाई-रमाई पढ्न जान्छौ ।

[2]
8.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) इच्छार्थ भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा देशको बारेमा वर्णन गर्नुहोस् ।
(ख) दिइएका द्वितीय पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
तिमी असल छौ । तिमी सबैलाई आदर गर्छौ । तिम्रो पढाइ पनि राम्रो छ । तिम्रो व्यवहारबाट सबैले सिक्नुपर्छ ।

[2]
9.

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) सिर्जना परिश्रमी छिन् । सिर्जना परीक्षामा सधैं प्रथम हुन्छिन् । (वाक्य संश्लेषण)
(ख) आज आकाशमा जून र तारा देखिए । (कर्तृवाच्य)
(ग) दिनेश मजाले हाँस्छ । (प्रेरणार्थक)
(घ) आज म चिया खान्नँ भनेर प्रकाशले भने । (प्रत्यक्ष कथन)

[4]
10.

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, होपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र, तिने व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्मत र सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे ।

प्रश्नहरू :
(क) “मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे ।” यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित पद ‘जेलमा’ शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।
(ग) ‘नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् ।’ यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।
(घ) उनले दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे ।’ यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।

[4]
11.

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको लामो इतिहास छैन तर योजना निरन्तर विस्तार हुँदै छ । अब अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई समेत आबद्ध गराउने कार्य औपचारिक रूपमा सुरु भएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० साल वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मङ्सिरमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि बनाइएको थियो । यसअघि गत चैतमा कोषको सो योजनामा वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमै स्वरोजगार भएका करिब साढे दुई लाख श्रमिक समेटिसकेका छन् । मर्यादित जीवनको अभिन्न पाटो अनि श्रमिकको आय र सुरक्षा सुनिश्चित गर्ने यो कार्यक्रम समाजवादउन्मुख राज्यको आधारशिला हो भन्न सकिन्छ । त्यसैले सरकारले अगाडि बढाएको यो कार्यक्रमको विस्तार अनि सफल कार्यान्वयनका लागि निजी क्षेत्रको पूर्ण सहयोग अपेक्षित छ । सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउने एउटा मुख्य रणनीति हो ।

प्रश्नहरू :
(क) अनौपचारिक क्षेत्रका श्रमिकलाई कहिलेदेखि कोषमा समेट्ने कार्यविधि बनाइएको थियो ?
(ख) चैत्रभित्र कति श्रमिक उक्त कोषमा समेटिएका छन् ?
(ग) उक्त कार्यक्रम सफल पार्न कसको सहयोगको अपेक्षा गरिएको छ ?
(घ) सामाजिक सुरक्षा अवधारणा किन ल्याइएको हो ?

[4]
12.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाहरूका आधारमा जीवनी तयार पारी शीर्षकसहित दिनुहोस् :
नाम : ध्रुवचन्द्र गौतम
जन्म मिति : वि.सं. २००० साल पुस २ गते
जन्मस्थान : रक्सौल, भारत
माता/पिता : दीपवती/गोविन्दप्रसाद गौतम
शिक्षा : स्नातकोत्तरसम्म अध्ययन, विद्यावारिधि (पी.एच.डी.)
प्रमुख कृति : – अलिखित, निमित्त नायक, उपसंहार अर्थात् चौथो अन्त्य, डापी, कटटेल सरको चोटपटक, बालुवामाथि (उपन्यास)
– गौतमका प्रतिनिधि कथाहरू, गौतमका एकाउन्न कथा (कथा सङ्ग्रह), भस्मासुरको नलीहाड (नाटक)
– कविता, निबन्ध, गीतिनाटक र नृत्यनाटकहरू प्रकाशित
विशेषता : – आख्यान पुरुष, विसङ्गतिवादी र अस्तित्ववादी चिन्तन, आलोचनात्मक यथार्थवादी आख्यानकार
– मानवीय चरित्र, राजनीति र युगीन विसङ्गतिमाथि व्यङ्ग्य गर्ने बहुमुखी प्रतिभा भएका स्रष्टा
पुरस्कार : मदन पुरस्कार २०४०, साझा पुरस्कार २०५९ आदि ।

(ख) ‘स्वरोजगारको महत्त्व’ विषयमा एउटा छोटो संवाद तयार पार्नुहोस् ।

[4]
13.

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) पी.के. कृषि तथा पशुपक्षी फर्म कृष्णपुर-०४ कञ्चनपुरका तर्फबाट विभिन्न कृषि सामग्री उपलब्ध गराईदिन अनुरोध गर्दै सुकोमल ट्रेडर्स एन्ड सप्लायर्स ललितपुरलाई एउटा चिठी लेख्नुहोस् ।
(ख) तपाईंको विद्यालयले भर्खरै सम्पन्न गरेको वार्षिकोत्सव कार्यक्रमलाई समेट्दै एउटा समाचार तयार पार्नुहोस् ।

[4]
14.

दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :
ससाना कार्यबाट प्राप्त हुने ठुलठुला परिणामले पनि कर्तव्यको महानता भल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसङ्गठित हुन्छ । ससाना कुरा मात्र हेरौं न ! नागरिकले आआफ्ना घर वरपर सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ ।

[2]
15.

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
एलोप्याथिक उपचार पद्धति हाल सर्वाधिक र लोकप्रिय चिकित्सा पद्धति मानिन्छ । यसलाई आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा समेत हेरिएको छ । होमियोप्याथी चाहीँ वैकल्पिक चिकित्सा पद्धतिका रूपमा प्रचलित छ । होमियोप्याथीमा रोग निको पार्नका लागि सुरुमा रोग बढाउने खुराक दिइन्छ र क्रमशः निको पारिन्छ भने एलोप्याथीमा रोग निको पार्नका लागि सुरुमै रोग घटाउने औषधी दिइन्छ । एलोप्याथी र आयुर्वेद दुवै चिकित्सा शास्त्र हुन् तर व्यावहारिक रूपमा चिकित्साको पूर्वीय वैदिक र प्राचीन चिकित्सा पद्धतिलाई आयुर्वेद चिकित्सा भनिन्छ । एलोप्याथिक प्रणाली वा पाश्चात्य आधुनिक चिकित्सा प्रणालीलाई चिकित्सा पद्धति भन्ने बुझिन्छ । आम रूपमा र प्रचलित धारणाअनुसार डाक्टरी उपचारका नामले चिनिने चिकित्सा पद्धति आधुनिक चिकित्सा पद्धति वा एलोप्याथिक पद्धति हो ।

[3]
16.

दिइएको प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी
आशिष देऊ एके र फेरि पंसना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

प्रश्नहरू :
(अ) नेपालीले आफ्नो श्रम र सिप स्वदेशमै किन लगाउनुपर्छ ?
(आ) कवितांशको मुख्य आशय के हो ?

(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
को बस्छ यस्तो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गनाउने पो हुन लाग्यो । खान थाल्यो भुटेको गनाउने, पिउन थाल्यो पानी गनाउने, रेल गनाउने, यो त ठाउँ नै गनाउने पो रहेछ । आफ्नो गाउँमा त भकारी कै छेउमा गुन्द्री हालेर सुत्ता पनि गनाउँदैनथ्यो , मलके भारी बोक्दा पनि गनाउँदैनथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ? भोके परे पनि बरु आफ्नै देशमा कुवाको चिसो पानी पिएर वरको चौतारीमा शीतल हावा खाएर सुत्नौं नि । जमानासँग दाइ, हिँड तिमी पनि, जाऔं आफ्नो घर, आफ्नो देश ।

(अ) माथिको एकाङ्कीको अंशमा कस्तो देशभक्तिको भावना देखाइएको छ ?
(आ) एकाङ्कीको अंशमा आधारमा बतासे पात्रको चरित्र चित्रण गर्नुहोस् ।

[4]
17.

समाजमा बढ्दै गएको पछ्यौटे प्रवृत्ति अन्त्य गर्न आवश्यक छ ? तर्क दिनुहोस् ।

[4]
18.

कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) जटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर
(ख) शत्रुताको पनि कस्तो व्यापक सम्बन्ध रहेछ ?

[4]
19.

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
(क) तलको कथाको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिस चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्षादिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन्यापक्षका बुह्रापाकाले भने, “त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे । तब पो मानिस कुलघरान भन्छन् ।”

प्रश्न :
(अ) ‘कर्तव्य’ कथामा कथाकारले नेपाली समाजका के कस्ता वास्तविकताहरूलाई देखाएका छन् ?

(ख) दिइएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
बम वर्षाका खबरहरू
बालिग मताधिकारका कुराहरू
सार्वजनिक आन्दोलनका इतिहासहरू
अन्तरिक्ष यानका गतिविधिहरू

प्रश्न :
(अ) ‘गाउँमाथि एउटा कविता’ ले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।

[7]
20.

कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :
(क) समाजसेवा
(ख) पुस्तकालयको महत्त्व
(ग) मेरो बाल्यकाल

[7]