NEB Students
Social Studies

NEB — CLASS 12

Social Studies

Model Question

Answer each question in your own words as far as practicable. The figures in the margin indicate full marks.

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)

Time : 3 hrsPass Marks : 27Full Marks : 75
1.
जीवनोपयोगी शिक्षाको अर्थ एक वाक्यमा लेख्नुहोस् ।
[1]
2.
पूर्वीय चिन्तन अन्तर्गतका कुनै दुई परम्पराको नाम लेख्नुहोस् ।
[1]
3.
तपाईको कुनै लेख, रचना चोरी भएकोमा तपाईले गर्ने कुनै दुई कार्यहरू उल्लेख गर्नुहोस् ।
[1]
4.
तपाईलाई मन पर्ने एउटा विषयवस्तुको अनुसन्धान शीर्षक तयार पार्नुहोस् ।
[1]
5.
नेपाल संवत कहिलेदेखि सुरु भयो ? वि.सं. मा लेख्नुहोस् ।
[1]
6.
तपाईको विद्यालयमा कुनै दृष्टि विहीन साथी छन् । तपाईँ उहाँलाई कसरी सहयोग पुर्याउनु हुन्छ ? कुनै दुई बुँदा लेख्नुहोस् ।
[1]
7.
नेपालमा सूचनाको हकको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तलाई सोध्न सकिने दुईवटा प्रश्नावलीको नमूना तयार पार्नुहोस् ।
[1]
8.
शहरीकरणका कुनै दुईवटा आयामहरू प्रस्तुत गर्नुहोस् ।
[1]
9.
आर्थिक विकास र आर्थिक वृद्धिबीचको एक भिन्नता लेख्नुहोस् ।
[1]
10.
तपाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुनु भयो भने देशको व्यापार घाटा न्यूनिकरण गर्न तपाईले अपनाउने दुई उपाय लेख्नुहोस् ।
[1]
11.
समावेशी शिक्षाको अर्थ एक वाक्यमा स्पष्ट पार्नुहोस् ।
[1]
12.
(क)

तपाईले आफ्नो जाति, समुदाय अन्तर्गत सामाजिक संरचना अध्ययन अनुसन्धान गर्दै हुनुहुन्छ भने सोको लागि प्रस्तावनाको आवरण पृष्ठ तयार पार्नुहोस् ।

Or
(ख)

सामाजिक समस्यासम्बन्धी कुनै शीर्षक तयार पारि सो शीर्षक अन्तर्गत गरिने अनुसन्धानका कुनै चार उद्देश्यहरू प्रस्तुत गर्नुहोस् ।

[5]
13.
नेपालमा सामाजिक रूपान्तरणका लागि भएका कुनै पाँच प्रयासहरू स्पष्ट पार्नुहोस् ।
[5]
14.
तपाईको क्षेत्रमा बाढी, पहिरो जस्ता विपद् आएका बेलामा उद्धार एवं सुरक्षित कार्य गर्न जनसहभागिताका लागि के गर्न सकिन्छ ? कार्य सूची तयार पार्नुहोस् ।
[5]
15.
वि.सं. २००९ देखि २०७९ सम्मको अवधिलाई संक्रमणकालीन अवधि मानिन्छ, किन ? विश्लेषण गर्नुहोस् ।
[5]
16.
सामाजिक समावेशीकरणका सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् ।
[5]
17.
तपाईं किशोर वा किशोरीको रूपमा आफ्नो परिवारमा पालना गर्नु पर्ने कुनै पाँचवटा कर्तव्यहरू छोटकरीमा वर्णन गर्नुहोस् ।
[5]
18.
साइँसराइबाट पर्ने वातावरणीय चुनौतीहरू विश्लेषण गर्नुहोस् ।
[5]
19.
(क)

शैक्षिक विकासले सामाजिक रूपान्तरणमा सघाउँछ । उदाहरणसहित पाँच बुँदामा स्पष्ट पार्नुहोस् ।

Or
(ख)

शिक्षाको क्षेत्रमा समुदायले कस्ता कुराहरूमा सहभागिता जनाउन गरेका छन्, उदाहरण सहित स्पष्ट पार्नुहोस् ।

[5]
20.
समालोचनात्मक चिन्तन र सिर्जनात्मक चिन्तनबीचको अन्तर सम्बन्ध विश्लेषण गर्नुहोस् ।
[8]
21.
(क)

प्रादेशिक अन्तर सम्बन्धका आयामहरू स्पष्ट पार्नुहोस् ।

Or
(ख)

सूचना प्रविधिको कारणले तपाईं हाम्रो जीवन र समाजमा कस्ता अनुकूल वा प्रतिकूल परिवर्तन ल्याएका छन्, उदाहरण सहित वर्णन गर्नुहोस् ।

[8]
22.
गरीबी निवारणका लागि अवलम्बन गर्नुपर्ने रणनीति, कार्यक्रम र अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना आयोगमा पेश गर्ने योजनाको ढाँचा तयार पार्नुहोस् ।
[8]